बिहीबार, भदौ ४, २०८३

एमालेमा चितवनबाट १० जना केन्द्रीय सदस्य, कृष्णभक्त अटाएनन्

नेकपा (एमाले) दसौं राष्ट्रिय महाधिवेशनको आयोजक जिल्लासमेत रहेको चितवनबाट केन्द्रीय कमिटीमा १५ जनाले आकांक्षा राखेकोमा १० जना अटाएका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

चितवन– नेकपा (एमाले) दसौं राष्ट्रिय महाधिवेशनको आयोजक जिल्लासमेत रहेको चितवनबाट केन्द्रीय कमिटीमा १५ जनाले आकांक्षा राखेकोमा १० जना अटाएका छन्। अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका केन्द्रीय कमिटी सदस्यमा एमाले चितवनकी अध्यक्ष पार्वती रावलसहित १० जना परेका हुन्।

बागमती प्रदेशतर्फबाट रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन्। महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा र सहसंयोजक सुरेन्द्र पाण्डेलाई पनि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ। 

एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशीनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगर प्रमुख प्रभा बरालको नाम ओलीको प्रस्तावमा समेटिएको छ। त्यसैगरी, दलित महिलाबाट शिवकुमारी गोतामेको नाम पनि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ।

उनीहरूले निर्वाचनका लागि मनोयनपत्र दर्ता गरिसकेका छन्। केन्द्रीय कमिटी सदस्यका आकांक्षी सांसद कृष्णभक्त पोखरेललगायत पाँच जनाको नाम भने ओलीको प्रस्तावित सूचीमा पर्न सकेन। पोखरेल दुई पटकसम्म केन्द्रीय सांसद भइसकेका एमाले चितवनका पूर्वअध्यक्ष हुन्।

त्यस्तैगरी, बागमती प्रदेशका सांसद दावा दार्जे लामा, विजय सुवेदी, रत्ननगर नगरप्रमुख नारायण वन र जिल्ला पूर्वअध्यक्ष हरि सापकोटा पनि परेनन्। ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यको सूचीमा आफ्नो नाम नपरे पनि आफूले छुट्टै मनोनयनपत्र दर्ता गरेका छैनन्। 

केन्द्रीय कमिटी सदस्यमा खुलातर्फ ८४ जनाको कोटामा ८५ जना र महिलातर्फ ५३ जनाको कोटामा ५४ जनाको मनोनयन पत्र दर्ता भएको छ। केन्द्रीय कमिटी सदस्यमा सहमतिको प्रयास भइरहेको छ। 

–न्यूज कारखाना 

प्रकाशित: Nov 29, 2021| 15:52 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...