काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले आगामी महाधिवेशन आफूले नेतृत्वका लागि दाबी नगर्ने बताएका छन्।
अध्यक्ष जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने भएका हुन्। जबराले सोमबार साँझसम्म आफू अध्यक्षमा नउठ्ने औपचारिक घोषणा गर्ने भएका छन्।
राप्रपाको मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिक कार्यक्रम मार्फत नै अध्यक्षमा उम्मेदवारी दिने घोषण गरेका छन्।
अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहेका छन्। त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेरले पनि अध्यक्षमा उम्मेदवारी दिने बताइरहेका छन्।
तर, जबराले भने बुढ्यौली र पार्टीमा सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्ने भन्दै उम्मेदवारी नदिने बताएका हुन्।