सोमबार, असोज २६, २०८३

'प्रेमगीत–३' फागुन १३ मा प्रदर्शन हुने

फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३ गते रिलिज हुने भएको छ
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं– फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३ गते रिलिज हुने भएको छ। लभ स्टोरी ‘जनरा’मा बनेको यो चलचित्र दुई वर्षअघि रिलिज हुने भनिएको थियो। तर, कोरोना महामारीका कारण रोकिएको थियो । 

सामाजिक सञ्जालमार्फत ‘प्रेमगीत ३’ को रिलिज मिति सार्वजनिक गरेका सन्तोष सेनले नेपालीसहित हिन्दी, भोजपुरी भाषामा समेत डबिङ गरिएको बताएका छन्। उच्च हिमाली क्षेत्रको कथालाई मूल विषय बनाई निर्माण गरिएको प्रेमगीत ३ अघिल्ला दुई सिरिज भन्दा बढी लगानीमा निर्माण गरिएको निर्माण टिमको दाबी छ ।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ। प्रेमगीत ३ को कथामा समेत काम गरेका निर्देशक छेतेनको केही समय अघि निधन भएको थियो। ‘प्रेमगीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी छ । फिल्म आउँदो शिवरात्रीलाई लक्षित गरी सार्वजनिक गर्न लागिएको हो। 


प्रकाशित: Nov 29, 2021| 12:48 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।