बुधबार, भदौ ३, २०८३

आमाको कुटपिटबाट छोराको मृत्यु

मोरङको कटहरीमा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

विराटनगर- मोरङको कटहरीमा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ।

मंसिर ११ गते ९ वजेतिर कटहरी ५ का ४० वर्षीय राजेन्द्र उराउले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५५ की बातियो उराउबीच विवाद हुँदा आमा र मृतकी बहिनी ३० बर्षीया रिता उराउले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा राजेन्द्र गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा आइतबार राती सवा १० बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। 

घटनामा संलग्न आमा बातियो उराउ  र बहिनी रितालाई नियत्रणमा लिई थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए।

प्रकाशित: Nov 29, 2021| 12:41 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।