धनगढी- कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-८ स्याउले चोकमा अत्तरिया आउँदै गरेको ना६ख ५३६६ नम्बरको मालवाहक ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको हो।
सोमबार बिहान साढे ३ बजे ठक्कर दिँदा एक जनाको ज्यान गएको र उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट घाइते उनको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएपछि मृत्यु भएको हो।
घटनापछि ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई प्रहले नियन्त्रणमा लिएको छ।