बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

मोटरसाइकल र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाइते भएका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं-  कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाइते भएका छन्। 

नम्बर नखुलेको अनटेस्ट मोटरसाइल से६प ६९० नम्बरको र से६प ९२३५ नम्बरको स्कुटी घोडाघोडी नगरपालिका-१ को बेलकोटामा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा वडा नम्बर १ का अन्दाजी २० वर्षीय रुद्र बोहरा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै घाइते हुने सोही ठाउँका अन्दाजी ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेका छन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ भने घाइतेहरूको उपचार भइरहेको छ।

प्रकाशित: Nov 29, 2021| 08:10 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।