काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीसँग १–१ गोलको बराबरी खेलेको छ। चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा सम्पन्न खेलमा उसले पाहुना टिम युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको हो।
खेलको ५० औं मिनेटमा गोल गर्दै जोडन सान्चोले खेलमा अग्रता बनाएका थिए। तर ७० औं मिनेटमा चेल्सीले पेनाल्टीको अवसर पाएपछि युनाइटेडले अग्रता गुमायो।
चेल्सीका लागि जर्गिन्होले गोल गरेका थिए। यससँगै शीर्षस्थानको चेल्सीले ३० अंक बनाएको छ भने १८ अंकका साथ युनाइटेड आठौं स्थानमा छ।
आइतबार रातिकै अर्को खेलमा म्यानचेस्टर सिटीले वेस्ट हामविरुद्ध २–१ गोलको जित निकालेको छ।