मंगलबार, असार ३०, २०८३

ब्राजिल विरूद्ध बेल्जियमको अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकप फूटबल अन्तर्गत शुक्रबारको दोस्रो क्‍वाटरफाइनलमा बेल्जियमले अग्रता लिएको छ । खेलको १३ औ मिनेटमा पहिलो गोल गर्दै बेल्जियमले अग्रता लिएको हो । 

ब्राजिलका खेलाडीले गरेको हेडले पोस्टको दिशा लिएपछि ब्राजिल एक गोले पछि परेको छ। कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्नाडिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोस्टको जाली चुमेको हो।

प्रतियोगितामा मेक्सिकोलाई हराउँदै ब्राजिल तथा जापानलाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा पुगेका हुन् ।

समूह चरणको पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको ब्राजिलले त्यसपछि भने कोष्टा रिका र सर्वियालाई हराएको थियो ।  बेल्जियमले समूहका तीनवटा खेलमा ट्युनिसिया, पानामा र इंग्ल्याण्डलाई हराएको थियो ।

पहिलो क्‍वाटरफाइनलमा फ्रान्सले उरुग्‍वेलार्इ २-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।