काठमाडौं– एक गोलले पछि परेको अवस्थाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा सेन्ट एटिएनविरुद्ध ३–१ गोलको जित निकालेको हो।
पीएसजीलाई जित दिलाउन माक्र्विन्होसले दुई गरे भने एन्जल डि मारियाले एक गोल गरे।
नेयमारको सुरुआति गोल अफसाइड रहेपछि खेलको २३ औं मिनेटमा डेनिस बोउन्गाले गोल गरेपछि पाहुना टिम पीएसजी एक गोलले पछि परेको थियो। तर, पहिलो हाफको चोटिल समयमा गोल गर्दै माक्र्विन्होसले खेललाई बराबरीमा ल्याए।
यता पहिलो हाफको अन्तिम मिनेटमा सेन्ट एटिएनका टिमोथी कोलोजिएज्यानकले रातो कार्डको सजाय पाएपछि घरेलु टिम १० खेलाडी समेटिएको थियो। केलियन एम्बाप्पेलाई फल गरेका उनलाई रेफ्रीले सिधा रातो कार्ड देखाइदिएका थिए।
त्यसलगत्तै माक्र्विन्होसले फ्रि किकबाट आएको बलको सदुपयोग गर्दै पहिलो गोल गरेका थिए। त्यस्तै, खेलको ११ मिनेट बाँकी रहँदा डिमारियाले गोल गरे भने थपिएको समयमा माक्र्विन्होसले नै अर्को गोल थपे।
खेलमा तीनै एसिस्ट फरवार्ड मेस्सीले गरेका थिए। यो जितसँगै पीएसजीले शीर्षसथानमा १२ अंकको अग्रता बनाएको छ। आजको खेलमा पूर्व रियल मड्रिड स्टार सर्जियो रामोसले डेब्यू गरेका थिए। गएको जुलाईमा पीएसजी पुगेका उनले आइतबार मात्र पहिलो खेल खेलेका हुन्।
पीएसजीले शीर्षस्थानमा ४० अंकको अग्रता बनाउँदा दोस्रो स्थानको रेनको २८ अंक छ। तेस्रो स्थानको निसको २६ अंक छ।