आइतबार, असार २१, २०८३

रामोसको डेब्यू खेलमा पीएसजीको जित, मेस्सीले गरे तीन एसिस्ट

एक गोलले पछि परेको अवस्थाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा सेन्ट एटिएनविरुद्ध ३–१ गोलको जित निकालेको हो।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं– एक गोलले पछि परेको अवस्थाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा सेन्ट एटिएनविरुद्ध ३–१ गोलको जित निकालेको हो।

पीएसजीलाई जित दिलाउन माक्र्विन्होसले दुई गरे भने एन्जल डि मारियाले एक गोल गरे। 

नेयमारको सुरुआति गोल अफसाइड रहेपछि खेलको २३ औं मिनेटमा डेनिस बोउन्गाले गोल गरेपछि पाहुना टिम पीएसजी एक गोलले पछि परेको थियो। तर, पहिलो हाफको चोटिल समयमा गोल गर्दै माक्र्विन्होसले खेललाई बराबरीमा ल्याए।

यता पहिलो हाफको अन्तिम मिनेटमा सेन्ट एटिएनका टिमोथी कोलोजिएज्यानकले रातो कार्डको सजाय पाएपछि घरेलु टिम १० खेलाडी समेटिएको थियो। केलियन एम्बाप्पेलाई फल गरेका उनलाई रेफ्रीले सिधा रातो कार्ड देखाइदिएका थिए।

त्यसलगत्तै माक्र्विन्होसले फ्रि किकबाट आएको बलको सदुपयोग गर्दै पहिलो गोल गरेका थिए। त्यस्तै, खेलको ११ मिनेट बाँकी रहँदा डिमारियाले गोल गरे भने थपिएको समयमा माक्र्विन्होसले नै अर्को गोल थपे।

खेलमा तीनै एसिस्ट फरवार्ड मेस्सीले गरेका थिए। यो जितसँगै पीएसजीले शीर्षसथानमा १२ अंकको अग्रता बनाएको छ। आजको खेलमा पूर्व रियल मड्रिड स्टार सर्जियो रामोसले डेब्यू गरेका थिए। गएको जुलाईमा पीएसजी पुगेका उनले आइतबार मात्र पहिलो खेल खेलेका हुन्।

पीएसजीले शीर्षस्थानमा ४० अंकको अग्रता बनाउँदा दोस्रो स्थानको रेनको २८ अंक छ। तेस्रो स्थानको निसको २६ अंक छ।

प्रकाशित: Nov 29, 2021| 07:40 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।