आइतबार, असार २१, २०८३

पुनरागमन जितसहित रियल मड्रिड एट्लेटिकोभन्दा चार अंक अगाडी

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा रियल मड्रिडले सेभियामाथि पुनरागमन जित निकालको छ। खेलको १२औं मिनेटमै एक गोलले पछि परेको अवस्थाबाट उसले २–१ गोलअन्तको जित निकालेको हो।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा रियल मड्रिडले सेभियामाथि पुनरागमन जित निकालको छ। खेलको १२औं मिनेटमै एक गोलले पछि परेको अवस्थाबाट उसले २–१ गोलअन्तको जित निकालेको हो।

रियलको स्टेडियो सान्टियागो बर्नाबेउमा आइतबार राति सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन करिम बेञ्जिमा र भिनिसियस  जुनियरले गोल गरे।

राफ मिरले खेलको सुरुमै गोल गरेर पाहुना टिमलाई अग्रता दिलाए पनि सोभियाले सो अग्रता बचाउनै सकेन। बेञ्जिमाले ३२औं मिनेटमा बनाएको बराबरीपछि खेलको अन्तिम समयमा भिनिसियसले गोल गरेर रियललाई जित दिलाए।

सबै प्रतियोगितामा गरेर यो रियलको लगातार छैटौं जित हो। यो जितपछि रियलले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ। २९ अंकसहित दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा रियलले चार अंक धेरै बनाएको हो।

एट्लेटिको मड्रिडले पनि आइतबार रातिको खेलमा कार्डिजमाथि ४–१ गोलअन्तरको सानदार जित निकालेको थियो। त्यस्तै, गएराति एस्पानोयल र रियल बेटिसले पनि जित निकालेका छन्।

प्रकाशित: Nov 29, 2021| 07:10 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।