काठमाडौं- जारी विश्वकपको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेवलाई पराजिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेवलाई २–० गोल अन्तरले पराजिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलको २० मिनेट सम्म आक्रमक खेलेको उरुग्वेलाई २० मिनेट पछि फ्रान्सले दबाबमा राखेको थियो। दबाबमा रहेको उरुग्वेविरुद्ध फ्रान्सले खेलको ४० औं मिनेटमा गोल गरेको थियो। फ्रान्सका लागि पहिलो हाफमा राफेल भरानले गोल गर्दै अग्रता दिलाएका थिए। उनले एन्टोनी ग्रिजम्यानको फ्रि–किकलाई हेडिङ गर्दै उत्कृष्ट गोलमा परिणत गरेका थिए।
पहिलो हाफमा १–० को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा अग्रता दोब्बर बनायो। खेलको ६१ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका हुन्। उनले टोलिस्सोको पासमा उत्कृष्ट गोल गरेका हुन।
उरुग्वेका एडिन्सन काभानी घाइते भएका कारण खेलमा उपस्थित भएका थिएनन्। उनी मैदानमा नहुनुले उरुग्वेलाई ठूलो धक्का भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४