शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनको सबैभन्दा ठूलो ‘नूनिलो ताल’मा जल पंक्षीको संख्या बढ्यो

चीनको सबैभन्दा ठूलो ‘नूनिलो ताल’मा जल पंक्षीको संख्या बढ्यो

यो वर्षमा जलमा बस्ने चराहरूको सङ्ख्यामा ३६.५ प्रतिशतले वृद्धि भएको राष्ट्रिय प्रकृति आरक्षले गरेको हिउँदे गणनाले देखाएको हो। आरक्षले २४ नोभेम्बरदेखि तालको हिउँदे गस्ती गर्दै जलचरहरूको लेखाजोखा राख्‍ने गर्छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

बेइजिङ- चीनको सबैभन्दा ठूलो ‘नूनपानी ताल’ (किङ्हाई ताल) मा झण्डै एक लाख ९० हजार जलपंक्षी देखिएका छन्। 

National life

यो वर्षमा जलमा बस्ने चराहरूको सङ्ख्यामा ३६.५ प्रतिशतले वृद्धि भएको राष्ट्रिय प्रकृति आरक्षले गरेको हिउँदे गणनाले देखाएको हो। आरक्षले २४ नोभेम्बरदेखि तालको हिउँदे गस्ती गर्दै जलचरहरूको लेखाजोखा राख्‍ने गर्छ।

यस अवधिमा आरक्षमा निगरानी गरिएका ३० प्रकारका चराहरूमध्ये चीनमा दोस्रो श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत पाइने जंगली प्रजातिका लगभग ५६० हाँस (हुपर स्वान) हरू हिउँदको लागि तालको भ्रमण गरेका छन्।

आरक्षको प्रशासन विभागका अनुसार गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको संख्याभन्दा हेपर स्वानको सङ्ख्या पनि २३० भन्दा बढीले बढेको छ।

चीनको उत्तरपश्चिमी किङहाई प्रान्तमा अवस्थित यो ताल मध्य एसियाबाट भारत र पूर्वी एसियादेखि अस्ट्रेलियासम्म बसाइँ सर्ने चराहरूका लागि प्रमुख पारगमन बिन्दु हो।

यो किङ्गहाई–तिब्बत पठारमा जलपक्षीको लागि हिउँदको महत्पूर्ण घर पनि हो। 

हरेक वर्ष, हुपर स्वानहरू आफ्नो प्रजनन स्थल छोडेर हिउँदको लागि सेप्टेम्बर महिनाको मध्यदेखि सेप्टेम्बर महिनाको अन्तसम्म किङ्घाई तालमा उड्छन्। 

मार्च महिनाको अन्ततिर वा अर्को वर्षको अप्रिलमहिनाको सुरुतिर ताल नफुटेसम्म तिनीहरू ताल छोड्दैनन्।  

प्रकाशित: Nov 29, 2021| 00:00 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।