आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुलिससँगको हारपछि जावलाखेलका प्रशिक्षकले बुझ्न नसकेका दुई कुरा!

पुलिससँगको हारपछि जावलाखेलका प्रशिक्षकले बुझ्न नसकेका दुई कुरा!

‘सरप्राइज रिजल्ट निकाल्न खोजेको सकिएन। पाएको मैका सदुपयोग भएन। दुई बल त बारमै लागेर बाहिरिएको छ। पुलिसले चाहिँ काउन्टरमा पनि सफलता पायो। गोल नभएपछि टिममा फनिसिनङमै समस्या हो त भन्नेपर्‍यो नि! दुई वटा प्रहार बारमा लागेर पनि फर्किन्छ। के हो, के हो- पूजा गर्नपर्ने हो कि,’ उनले चिन्तित मुद्रामै भने।
 |  आइतबार, मंसिर १२, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

आइतबार, मंसिर १२, २०७८

vianetvianet

काठमाडौं- दशरथ रंगशालामा आइतबार राति जवालाखल युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगमा लगातार दोस्रो हार व्यहोर्‍यो। जावलाखेलविरुद्ध जित निकाल्ने विभागीय टिम थियो- नेपाल पुलिस क्लब।

triton college

खेलको ५१ औं मिनेटमा फरवार्ड बुद्धबल तामाङको ठाउँमा मैदान छिरेका सुमन लामाले पुलिका लागि विजयी गोल गरेका थिए। मिडफिल्डर रवीशंकर पासवानले सेन्टर लाइन पछाडिबाट दिएको पासलाई तेजले प्रहारका लागि छोडिदिएपछि सुमन लामाले प्रहार गरेका थिए।

उनले पोस्टको बायाँतर्फबाट प्रहार गरेको बललाई गोलकिपर टिकेन्द्र सिंह थापाले बचाउन भ्याएनन्। यससँगै ७०औं मिनेटमा अग्रता बनाएको पुलिसले १–० गोलअन्तका साथ जित निकाल्यो।

रवीको प्रदर्शनलाई पुलिसका प्रशिक्षक अनन्तराज थापाले प्रशंसा गरेका छन्। उनले भने, ‘रवी पासवान पोटेन्सियल भएको खेलाडी हुन्। उसलाई सुरक्षित अनुभुति गराएर खेलका उतारेको थिएँ। अट्याकिङ थर्डमा खेल्नका लागि एक किसिमले खेल्नका लागि उसलाई स्वतन्त्रता दिएको थिएँ। जसले विपक्षीमाथि दबाब बनाइरहन सकोस्। ऊ म्याचविनर खेलाडी हो।’ महत्वपूर्ण एसिस्ट गरेका पासवान खेलमा सबैभन्दा महत्वपूर्ण खेलाडी बनेर १० हजार पुरस्कार पाए।

‘सरप्राइज रिजल्ट निकाल्न खोजेको सकिएन। पाएको मैका सदुपयोग भएन। दुई बल त बारमै लागेर बाहिरिएको छ। पुलिसले चाहिँ काउन्टरमा पनि सफलता पायो। गोल नभएपछि टिममा फनिसिनङमै समस्या हो त भन्नेपर्‍यो नि! दुई वटा प्रहार बारमा लागेर पनि फर्किन्छ। के हो, के हो- पूजा गर्नपर्ने हो कि,’ उनले चिन्तित मुद्रामै भने।

खेलमा, पहिलो हाफको अन्तिम १० मिनेटअघि जवालाखेल र पुलिसले मैदानको मध्यभागमा नै बल गुडाइरहे। १० मिनेट बाँकी रहँदा रुप जवालाखेलका बहादुर लामाले गरेको प्रहार पोस्टको फ्रेमभित्र परे पनि गोलकिपर सत्रुघन चौधरीले सहजै नियन्त्रणमा लिए।

National life insurance

त्यसको अर्को मिनेटमा पुलिसले काउन्टर अट्याकको असफल प्रयास गर्‍यो। तेज तामाङले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार जवालखेलका गोलकिपर टिकेन्द्र सिंह थापाले मुश्किलले बचाएका थिए। यससँगै पहिलो हाफ गोलरहित बराबरी भयो।

आफ्ना प्रयास असफल भएपछि प्रशिक्षक कहिले आक्रोशित देखिन्थे कहिले जोशमा देखिन्थे। उनी आफ्नो ठाउँमा नाटकीय रुपमा खेलाडीलाई इसारा गरिरहेका थिए। उनको आक्रोश पनि रोमाञ्चक थियो। त्यसबारे गरिएको प्रश्नमा उनले भने, ‘खेलको लयमा त्यो हुन्छ, लिगका खेलहरु महत्वपूर्ण छन्। गेमको मेकानिजम बुझ्नका लागि पनि त्यो प्रतिक्रिया हुन्छ।’

पहिलो हाफको प्रदर्शनमा सुधार गर्दै दोस्रो हाफमा दुवै टिमको प्रदर्शन सुरुबाटै आक्रामक बनेको थियो। सुरुआति पाँच मिनेट जवालाखेलले राम्रा 'मुभ' बनायो। कर्नरबाट आएको बललाई सीमान्त थापाले हेडमार्फत् गरेको प्रहारले पोस्टको गति लिन सकेन।

त्यसको अर्को मिनेटमा दीपक राज सिंहले पोस्टको दायाँबाट क्रस गरेको बललाई सन्त बहादुर गरुङले हेडद्वारा पोस्टतिर फर्काए पनि केही इन्च दुरीले बल पोस्टबाट बाहिरियो। पछि ६७औं मिनेटमा सन्त बहादुरकै शक्तिशाली प्रहार बारमा लागेर फर्कियो।

आफ्ना निकै सम्भावित प्रयास बाहिरिएपछि जवालाखेलका प्रशिक्षक किशोर कुमार केसी चिन्तित बने। उनले पोस्ट म्याच कन्फरेन्समा 'पूजा' लगाउँदा पो ठिक होला की! भन्ने अनुमान समेत लगाए। ‘सरप्राइज रिजल्ट निकाल्न खोजेको सकिएन। पाएको मैका सदुपयोग भएन। दुई बल त बारमै लागेर बाहिरिएको छ। पुलिसले चाहिँ काउन्टरमा पनि सफलता पायो। गोल नभएपछि टिममा फनिसिनङमै समस्या हो त भन्नेपर्‍यो नि! दुई वटा प्रहार बारमा लागेर पनि फर्किन्छ। के हो, के हो- पूजा गर्नपर्ने हो कि,’ उनले चिन्तित मुद्रामै भने।

खेलपछि प्रशिक्षक केसीले भने, ‘जे होस् हामीले केही समय चाहिँ दबाब बनाएकै थियौँ। तर पनि गोल खायौं।'

जवालाखेलले सुरुमा दबाब बनाए पनि त्यस बाहेकको समयमा भने पुलिसले जवालाखेलमाथि निरन्तदर दबाब बनाइरह्यो। ६२औं मिनेटमा पासवानको प्रहार गोलकिपर थापाले रोके। ६३औं मिनेटमा पासवानकै प्रहार पोस्टबाट बाहिर गयो। ६५औं मिनेटमा पासवानकै प्रहारमा मान बहादुरले फ्लिक हेडरको प्रयासमा गरेको प्रहार बारमा लागेर बाहिरिएको थियो।

तर पुलिसले ७० औं मिनेटमा कुनै गल्ती नगरिकैन गोल गर्न सफल रह्यो। ‘यो पालिको लिगमा सबै टिम राम्रा छन्। हाम्रो तीन अंक पाउनु पर्ने थियो। त्यसका लागि सुरुमै अवसर त खोजेका हो, गुमायो। तेज तामाङले पनि मिस गर्‍यो। पछि सुमन लामाले गोल गरेर जित निस्क्या खुसी छु,’ प्रशिक्षक थापाल भने।

पुलिसका मान बहादुर परियारले खेलको ७८औं मिनेटमा गरेको प्रहार पनि पोस्टको माथिबाट बाहिरियो। निर्धारित समयको तीन मिनेट बाँकी रहँदा दिपक सिंहले दिएको पासलाई रुप बहादुर लामाले पेनाल्टी बक्स भित्रबाट पनि पोस्टको दिशामा प्रहार गर्न सकेनन्। ८८औं मिनेटमा मैदान छिरेका भरत साहले पहिलो टचमा गोल गर्न चुके। उनले पोस्ट नजिकैबाट गरेको प्रहार गोलकिपरले बचाए। अर्को मिनेटमा अजित भण्डारीको प्रहार पोस्टको बारमा लागेर मैदानमा फर्किएको थियो।

खेलको अन्तिम मिनेटमा जवलाखेलले काउन्टरको प्रयार गरे पनि उसका एक खेलाडी अफसाइड रहे। यससँगै जवालाखेलले लगातार दोस्रो खेलमा हार बेहोरेको छ। यो हारसँगै जवालखेलले लिगमा खराब सुरुआतलाई निरन्तरता दिएको छ।

उसले अब रेलिगेसनबाट जोगिनेमा ध्यान पुर्‍याउनुपर्ने भएको छ।

खेलपछि प्रशिक्षक केसीले भने, ‘जे होस् हामीले केही समय चाहिँ दबाब बनाएकै थियौँ। तर पनि गोल खायौं। विदेशी खेलाडी पनि कहिले चलेको जस्तो गर्दिन्छ। कहिले खेल्दैनन्, नटकै जस्तो भइरहेको छ। यद्यपि खेलाडीको समग्र प्रदर्शनमा चाहिँ खुसी नै छु।’ उनले गोल नहुनुको कारण र विदेशी खेलाडीको प्रदर्शनबारे आफू अझैसम्म अलमलमै रहेको संकेत गरे।

आइतबार जित निकाले पनि पुलिसले गोलका लागि निकै ठूलो संघर्ष गर्नुपर्‍यो। दोस्रो खेलसम्म आइपुग्दा प्रशिक्षक थापाले सबै टिम किनै बलियो रहेको बुझिसकेका छन्। त्यो भावलाई झल्किने पारामा उनले भने, ‘हाम्रो लागि सबै टिम प्रतिद्वन्द्वी हुन्। अरुले विदेशी खेलाडी पनि राम्रो लिएर आउँछन्। जवालाखेलको कुरा गर्दा चाहिँ हामीले पछिल्लो सिजन पनि जितेको हो। यो वर्षको लिगमा हामीलाई सबै टिमले दबाब नै दिन्छ जस्तो लाग्छ।’

उनले अब आफ्ना टिमले पनि विदेशी खेलाडी ल्याउनका लागि प्रयास गर्दा राम्रो हुने प्रतिक्रिया दिएका छन्। ‘यदि क्लब लाइसेन्सिङको पूरा प्रक्रियामा पुगेर हामीले पनि ट्रान्सफरमा विदेशी खेलाडी लिएर आउँदा लिगमा निकै फेभरेट हुन्छौं जस्तो लाग्छ,’ थापाले अन्तिममा भने।

प्रकाशित: Nov 28, 2021| 21:51 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।