बिहीबार, साउन ७, २०८३

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो। संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए। सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो। तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

सिड्नी- अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ। दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो। उनीहरु  दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो। संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए। सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो। तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो। उनीहरु सबै जना क्वारेन्टिनमा छन्।

त्यस्तै,  विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्‍न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।


प्रकाशित: Nov 28, 2021| 23:10 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।