मंगलबार, असार ३०, २०८३

पहेँलो कार्डको मारमा नेयमार, काउटिन्हो र पोग्वा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - विश्वकपमा शुक्रबारबाट क्वार्टफाइनलका खेलहरु शुरु भएका छन्। शुक्रबार क्वार्टरफाइनलको पहिलो खेल फ्रान्स र उरुग्वेबीच हुँदै छ भने दोस्रो खेल ब्राजिल र बेल्जियमबीच हुँदैछ। 

यस अघिको खेलमा फ्रान्स, उरुग्वे, ब्राजिल र बेल्जियमका केही खेलाडीले पहेँलो कार्ड पाएका छन्। यस खेलमा पहेँलो कार्डको सिकार बने यी खेलाडीले सेमिफाइनलको खेल गुमाउने छन्। 

ब्राजिलका फिलिप्पे काउटिन्हो, नेयमार र फ्रान्सका पल पोग्वा यसको सिकार बन्न सक्छन्। उनीहरुलाई बचाउनकालागि उनीहरुको टोलीले एक असल माध्यमको भुमिका खेल्नु पर्नेछ। यी खेलाडिले पहिले नै पहेँलो कार्डमा सावधानी अपनाएर मैदान प्रवेश गर्नु पर्नेछ। किनकी बेल्जियमका खेलाडीले पहेँलो कार्डको सिकार बनाउन चाहेमा काउटिन्हो र नेयमार प्रमुख आक्रमणमा पर्नेछन्।

शुक्रबारका खेलमा सहभागी पहेँलो कार्ड प्राप्त खेलाडी 

ब्राजिलः फिलिप्पे काउटिन्हो, नेयमार र फिलिपे लुइस
बेल्जियमः थोमस मेनेयर, जान भेर्टोन्घेन, योउरी टेइलेम्यान, केभिन डे ब्रुयन र लेन्डर डेन्डोंकर
फ्रान्सः  ओलिभर जिरोड, बेन्जामिन पभार्ड, कोरेन्टिन टोलिसो र पल पोग्वा
उरुग्वेः रोड्रिगो बेन्टान्कुर
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।