शुक्रबार, भदौ ५, २०८३

ओलीले नेताकाे नामावली पढ्ने बित्तिकै बन्दसत्र सकिने

एमालेको जारी महाधिवेशनको बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने भएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

चितवन– एमालेको जारी महाधिवेशनको बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने भएको छ। नेतृत्वमा सहमति जुटाउन नसक्दा बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।

ओलीसँग भेट गरेपछि नेता गोकुल बाँस्कोटाले सञ्चारकर्मीसँग भने, ‘बन्दसत्र साँझ ७ बजेदेखि सुरु हुन्छ।’ उनले बन्दसत्रमा धेरै बेर छलफल नहुने पनि स्पष्ट पारे। बाँस्कोटाले भने, ‘बन्दसत्र सुरु हुनासाथ सकिन्छ।’ उनले पनि पदाधिकारीसँगै सदस्यहरुमा सहमति भइसकेको बताए। बन्दसत्र सुरु भएपछि अध्यक्ष ओलीले नामावली पढेर सुनाउने र त्यसपछि सक्ने तयारीमा नेताहरु छन्।

यसअअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरूले पनि नेतृत्व चयनका लागि ९० प्रतिशत सहमति भइसकेको दाबी गरेका थिए। नेता पृथ्वीसुब्बा गुरुङले ९० प्रतिशत सहमति भइसकेको बताएका थिए। उनले भनेका थिए,  ‘नेतृत्वको टुंगो आजै  बन्दसत्रबाट लगाइनेछ।’

उनले अध्यक्षमा उम्मेदवारको घोषणा गरेका भीम रावलका विषयमा भने सहमति जुट्न बाँकी रहेको बताए। गुरुङले भने,  ‘रावलजीबारे भने सहमति जुटाउन प्रयास जारी छ। त्यसपछि शतप्रतिशत पुग्छ।’ 

प्रकाशित: Nov 28, 2021| 16:51 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...