मंगलबार, असार ३०, २०८३

फ्रान्स र उरुग्वेबीचको भिडन्त शुरु, बाप्पे टार्गेटमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा फ्रान्स र उरुग्वेबीचको खेल शुरु भएको छ। खेल शुरु भएसँगै यी दुई टिमको प्रदर्शन कस्तो होला भन्दा पनि युवा खेलाडी केलियन बाप्पे आम दर्शकको टार्गेटमा रहेका छन् । उनले आजको खेलमा कस्तो पदर्शन गर्लान भन्ने खेल प्रेमीमा जिज्ञासा बढेको छ। 

उरुग्वेले सेमिफाइनल प्रवेशका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ। फ्रान्सका फरवार्ड बाप्पेलाई रोक्न उरुग्वेलाई ठूलो चुनौती देखिएको छ। उरुग्वेका फरवार्ड लुइस स्वारेजले बाप्पेसँग आफुहरू सजक रहेको प्रतिक्रिया यसअघि नै दिएका छन्। स्वारेजले भनेका छन्, ‘सबैलाई थाहा छ बाप्पे राम्रा खेलाडी हुन्। हामीसँग उनलाई रोक्ने राम्रो डिफेन्स टिम छ ।’

बाप्पे त्यस्ता खेलाडी हुन् जसले विश्वकप फुटबलमा तहल्का मच्चाएका छन्। लियोनल मेस्सीले नेतृत्व रहेको टिम अर्जेन्टिनालाई जारी विश्वकपको प्रि-क्वार्टरफाइनलबाटै विदाई गर्दा बाप्पेले २ गोल गरेका थिए। 

बाप्पेले जारी विश्वकपमा ३ गोल गरिसकेका छन्। १९ वर्षीय बाप्पेले सन् २०१७ देखि मात्रै फ्रान्सको राष्ट्रिय टिमबाट खेल्न थालेका थिए। उनले सबैभन्दा ठूलो प्रतियोगितामा खेल्दै गरेको यो पहिलो विश्वकप हो। 

यतिबेला उनी चर्चाको शिखरमा छन् । कुनै पनि बेला आफ्नो टिमलाई जित दिलाउने क्षमता राख्ने बाप्पे नयाँ पुस्ताका प्रतिभावान खेलाडी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।