काठमाडौं– नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षणपत्र बुझाएको छ।
आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनसमेत आग्रह गरेका छन्। प्रधानन्यायाधीश जबराले अदालतमा भ्रष्टाचार गरेको, न्याय खरिद–बिक्री गरेको, न्यायालयको गरिमा कायम राख्न नसकेको भन्दै बारले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ।