शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशन : रावलले पनि आफू निकटसँग थाले छलफल

दिउँसो चार बजेसम्म पनि बन्दसत्र सुरु नभएपछि रावल आन्तरिक छलफलमा जुटेका हुन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा सक्रिय भएका कारण एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु नभएपछि अध्यक्षका प्रत्यासी भीम रावल पनि आन्तरिक छलफलमा जुटेका छन्।

दिउँसो चार बजेसम्म पनि बन्दसत्र सुरु नभएपछि रावल आन्तरिक छलफलमा जुटेका हुन्। एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले निकटका नेताहरुसँग छलफल थालेको उनी निकट एक नेताले जानकारी दिए।

ओलीलाई नै पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची तय गर्ने अधिकार दिएको थियो। ओली तजबिजी रुपमा नेता छान्ने कसरतमा जुटेका छन् भने रावल प्रतिस्पर्धात्मक रुपमा नेतृत्व चयन हुनुपर्ने अडानमा छन्। त्यसैले उनले आफू बसेको होटलमा कार्यकर्ताहरुसँग छलफल थालेका हुन्।

प्रकाशित: Nov 28, 2021| 16:16 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...