शुक्रबार, भदौ ५, २०८३

बन्दसत्रमा 'घोषणा गर्ने' नामावली तयार गर्दै ओली टिम

पार्टीमा सबैलाई मिलाएर सर्वसम्मति हुने गरी नेता र पदाधिकारीमा नाम घोषणा गर्ने तयारी गरिएको छ। बन्द सत्रमा नाम घोषणा गरी तालि बजाएर पारित गराउने तयारी ओली पक्षको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पदाधिकारी र केन्द्रीय सदस्यको नाम घोषणा गर्नुअघि छलफल थालेका छन्। पार्टीमा आफू निकटका नेताहरूसँग उनले सौराहामा आफू बसेको होटल पार्क सफारीमा छलफल गरिहरेका छन्। 

पार्टीमा सबैलाई मिलाएर सर्वसम्मति हुने गरी नेता र पदाधिकारीमा नाम घोषणा गर्ने तयारी गरिएको छ। बन्द सत्रमा नाम घोषणा गरी तालि बजाएर पारित गराउने तयारी ओली पक्षको छ। 

अध्यक्षमा सर्वसम्मत भएर दोहोरिने ओलीको महत्वाकांक्षालाई भीम रावलले चुनौती दिएका छन्। उनी आफू निर्वाचनमा लड्ने बताउँदै आएका छन्। 

नेकपा एमालेमा ओली निकटका मानिने खगराज बरालले ९९ प्रतिशत सहमति भइसकेको दाबी गरेका थिए। उनले पार्टीमा ओलीलाई नमान्नेहरूले पार्टीलाई पनि सिद्ध्याउने र आफू पनि सिद्धिने चेतावनी समेत दिएका थिए। 

ओलीले पूर्व माओवादीलाई दुई पदाधिकारी र ४० जना केन्द्रीय सदस्यीय दिने सहमत भएका छन्। यस्तै दुई जना स्थायी कमिटी सदस्यसमेत दिने तयारी गरिएको बताइएको छ। 

प्रकाशित: Nov 28, 2021| 15:38 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...