शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भीम आचार्यलाई अस्पताल भर्ना गर्ने तयारी, एमाले बन्दसत्रस्थल पुग्यो एम्बुलेन्स

भीम आचार्यलाई अस्पताल भर्ना गर्ने तयारी, एमाले बन्दसत्रस्थल पुग्यो एम्बुलेन्स

कोरोना संक्रमण भएपछि अस्वस्थ भएका भीम आचार्यलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- कोरोना संक्रमण भएपछि अस्वस्थ भएका भीम आचार्यलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। एमाले महाधिवेशन उद्घाटन कार्यक्रम र बन्दसत्रमा सहभागी भएका नेता आचार्यलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो। 

संक्रमित आचार्यको स्वास्थ्य अवस्था कमजोर बनेपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको उनी निकट नेताले बताएका छन्। 

सौराहामा एमालेको बन्दसत्र जारी छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको थियो। 

एमालेको १० औं महाधिवेशनमा सहभागी भएका एमाले सचिव भीम आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आचार्यले १०औं महाधिवेशनबाट पुनः सचिवमै दोहोरिने आकांक्षा राखेका छन्। आचार्यको सम्पर्कमा पुगेका नेताहरुलाई पनि कोरोना भाइरसको परीक्षण गराइने भएको छ। कोरोना महामारी अन्त्य नभइसकेको अवस्थामा शुक्रबार हजारौं मानिसहरु जम्मा भएका थिए।


प्रकाशित: Nov 28, 2021| 14:35 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...