काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सौराहको होटेल सेभेन स्टारमा बिहान १० बजेदेखि सुरु गर्ने भनिए पनि अहिलेसम्म बन्दसत्र सुरु हुन नसकेको हो।
महाधिवेशनको आज तेस्रो दिन हो। अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमा बसेकाले बन्दसत्र ढिलागरी सुरु हुने भएको छ।
बैठक सुरु नभए पछि हलमा महाधिवेशन प्रतिनिधिहरू कुरिरहेका छन्। कोही भने हल बाहिर घाम तापेर बसेका छन्। कति बेलाबाट बन्दसत्र सुरु हुन्छ अझै टुंगो लाग्न सकेको छैन।
आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले नेताहरूले बताएका छन्।
ओलीले सर्वसम्मत नेतृत्व चयनको प्रयासमा गरिएकाले दोस्रो दिनको बन्दसत्र पाँच निर्धारित समयभन्दा पाँच घन्टा ढिला हुँदा पनि सञ्चालन हुन नसकेको हो।