शुक्रबार, भदौ ५, २०८३

ओली होटलमा व्यस्त, पर्चा बाँड्दै रावल

एमाले अध्यक्ष केपी शर्मा ओली सौरााहको होटल पार्क सफारीमा व्यस्त छन्। नेतृत्व चयनको सबै अधिकार लिएका ओलीलाई भेट्न आकांक्षीहरुको भीड लागेको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

चितवन– एमाले अध्यक्ष केपी शर्मा ओली सौरााहको होटल पार्क सफारीमा व्यस्त छन्। नेतृत्व चयनको सबै अधिकार लिएका ओलीलाई भेट्न आकांक्षीहरुको भीड लागेको छ। होटल परिसरमा कार्यकर्ताका भीड बढेको छ।

पूर्वमाओवादी पक्षका नेताहरूले कम्तीमा चार पदाधिकारी दाबी गरिहेका छन्। यस क्रममा नेता नेता लेखराज भट्टको टोलीलले ओलीलाई यसबारे जानकारी गराएका छन्। ओलीले विभिन्न प्रदेशका नेतासँग पालैपालो भेट गरिरहेको बुझिएको छ।

यसअघि उनी निकटका नेताहरु विष्णु पौडेल, सुवास नेम्बाङ, शंकर पोखरेलले आइतबार बिहान भेटेर आआफ्नो अडान राखेका छन्।

उता अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावल भने प्रतिनिधिहरुलाई पर्चा बाँड्न व्यस्त छन्। तर रावलको पर्चा वितरण गरिरहेका कार्यकर्तालाई बन्दसत्र बाहिर निकालिएको छ। महाधिवेशन प्रतिनिधिलाई रावल निकट युवाले तस्बिरसहितको पुस्तिका वितरण गरिरहेका थिए।

पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्तालाई एमाले स्वयंसेवकहरूले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाएका हुन्।

‘मेरो उम्मेदवारी किन’ लेखिएको हाते पुस्तिका रावल निकट कार्यकर्ताले बाँडेका थिए। एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचारसंहिता जारी गरिएको थियो। तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर रावल निकट युवाले पर्चा बाँडेका छन्।

नेता रावलले शनिबारदेखि अध्यक्ष पदका लागि आफ्नो पक्षमा भोट माग्दै आएका छन्। महाधिवेशन स्थलमा बन्दसत्र सुरु नहुँदै केही प्रतिनिधिले रावलको प्रचारात्मक सामग्री वितरण गर्दै भोट मागिरहेका छन्। 

ओली निकट नेताहरू भने सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पक्षमा छन्। आइतबार बिहान ११ बजे बन्दसत्र सुरु हुने भनिए पनि दुई घण्टा बित्दा सम्म हुन सकेको छैन।

प्रकाशित: Nov 28, 2021| 12:58 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...