शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी घिमिरेलाई

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी घिमिरेलाई

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई दिइएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई दिइएको छ।

महादेवप्रसाद यादवले स्वास्थ्यलाई कारण जनाई पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कांग्रेस सभापति शेरबहादुर देउवाले घिमिरेलाई मनोनयन गरेका हुन्। घिमिरे केन्द्रीय निर्वाचन समितिकै वरिष्ठ सदस्य थिए

देउवाले वरिष्ठ अधिवक्ता यादवले दिएको राजीनामा पार्टीको विधान बमोजिम स्वीकृत गरिसकेका छन्।

प्रकाशित: Nov 28, 2021| 12:40 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...