काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता यादवले दिएको राजीनामा पार्टीको विधान बमोजिम स्वीकृत गरेका छन्।
यादवले आफ्नो स्वास्थ्यलाई कारण जनाई पदबाट राजीनामा दिएका हुन्। केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारीमा रही निर्वाह गरेको नेतृत्वदायी भूमिकाका लागि सभापति देउवाले उनलाई धन्यवाद ज्ञापन गरेका छन्।