शुक्रबार, भदौ ५, २०८३

समाजवादको ठोस कार्यक्रम बनाउन घनश्याम भुसालको अपिल

एमाले नेता घनश्याम भुसालले दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम बनाउन अपिल गरेका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– एमाले नेता घनश्याम भुसालले दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम बनाउन अपिल गरेका छन्।

उनले एमाले सैद्धान्तिक रुपमा ठिक ठाउँमा रहेको र एमालेको सिद्धान्त नै सबै पार्टीको कार्यदिशा बनेको अपिलमा उल्लेख गरेका छन्। भुसालले भनेका छन्, ‘संगठनका हिसाबले एमालेको अर्को कुनै जोडा छैन। इतिहासको गौरव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका हिसाबले हामी अतुलनीय छौं।’
उनले पार्टीको सिद्धान्त र कार्यदिशा सही भए पनि कार्यान्वयन गर्ने संगठनात्मक व्यवस्थामा असंगति रहेको औंल्याएका छन्। उनले भनेका छन्, ‘एमालेको पुनरोदयका लागि ती असंगति हटाउनैपर्छ, त्यसका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नैपर्छ।’
भुसालले विभाजनको पीडा र गुटबन्दीको नसामा परेका एमालेका लाखौं सदस्यले पार्टी फेरि ब्युँझन्छ भनेर महाधिवेशनतर्फ हेरिरहेकाले त्यसतर्फ संवेदनशील बन्न नेतृत्वलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘हाम्रा सफलतामा गौरव गर्ने र हाम्रा असफलतामा दुःखी हुने दुनियाँभरिका कम्युनिस्ट, प्रैगतिशील, वामपन्थी तथा सामाजिक न्याय र समानताका पक्षधहरुले हामी फेरि उठेको र सफल हुँदै गएको देख्न चाहन्छन्।’


प्रकाशित: Nov 28, 2021| 12:28 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...