मंगलबार, असार ३०, २०८३

पुर्व विश्वविजेता फ्रान्स र उरुग्वे भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रुसमा जारी विश्वकप अन्तर्गत शुक्रबार पहिलो क्वाटरफाइनलमा दुई पटकको विजेता उरुग्वे र १९९८ को विजेता फ्रान्स भिड्दै छन्। उरुग्वेका लागि एडिन्सन काभानी घाइते भएका कारण खेलमा उपथित हुने छैनन् भने अर्को तर्फ, फ्रान्सका लागि मिडफिल्डर ब्लेज माटुइडी प्रतिबन्धित छन्। 

उरुग्वेकालार्इ काभानीको अनुपस्थिती ठूलो धक्का लाग्ने अनुमान गरिएको छ। प्रि–क्वाटरफाइनलमा उनकै दुई गोलमा उरुग्वेले पोर्चुगललाई २-१ गोलले हराएको थियो।

उरुग्वे आफ्नो रक्षात्मक खेलका लागि चिनिने गर्छ र ४ खेलमा ७ गोल गर्दै केवल १ गोल खाएको छ। तर सर्वाधिक गोलकर्ता काभानीको अनुपथितिले खेल अघि फ्रान्सलाई यस खेल जित्ने दाबेदार मानिएको छ। 

फ्रान्सले अहिलेसम्म प्रतियोगितामा ७ गोल गर्दै ४ गोल खाएको छ। उसका लागि युवा खेलाडी किलियन एम्बाप्पेले सर्वाघिक ३ गोल गरेका छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।