शुक्रबार, भदौ ५, २०८३

दश भाइको ओलीसँग छलफल सकियो, कुरा भने खुलाउन चाहेनन्

एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका ‘१० भाइ’ समूहले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

सौराहा- एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका  ‘१० भाइ’ समूहले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ। आइतबार बिहान ओली बसेको सफारी रिसोर्टमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरू छलफलपछि बाहिरिएका हुन्।

ओलीसँग भेट गरेर बाहिरिएका ज्ञवाली र शाक्यले के विषयमा छलफल भएको भन्ने केही खुलाउन चाहेनन्। स्रोतका अनुसार उनीहरूले आफ्नो समूहबाट पदाधिकारीमा रहनुपर्ने नेताको नाम ओलीलाई बुझाएका हुन्।

आफू बसेको रिसोर्टमा ओलीले पदाधिकारीका आकांक्षी र आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन्। जसकारण महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन।

‘१० भाइ’ समूहमध्ये भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रावल निकट कार्यकर्ताले त बन्दसत्र हल बाहिर पर्चासमेत बाँड्न थालेका छन्।

प्रकाशित: Nov 28, 2021| 11:55 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...