चितवन- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भीम रावलको पर्चा वितरण गरिरहेका कार्यकर्ताहरूलाई बाहिर निकालिएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई रावल निकट युवाहरूले तस्बिरसहितको सानो पुस्तिका वितरण गरिरहेका थिए।
पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरूलाई एमाले स्वयंसेवकहरूले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाएको बताइएको छ।
‘मेरो उम्मेदवारी किन’ लेखिएको हाते पुस्तिका रावल निकट कार्यकर्ताले बाँडेका थिए। एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो। तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर रावल निकट युवाले पर्चा बाँडेका हुन्।