शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्बिरसहितको पुस्तक [तस्बिरहरू]

बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्बिरसहितको पुस्तक [तस्बिरहरू]

एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो। तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गरिएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

सौराहा- एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो। तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गरिएको छ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर, अहिलेसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन। अध्यक्ष केपी ओली भने सर्वसम्मतिमै एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा छन्।

यही क्रममा महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन्।


 





प्रकाशित: Nov 28, 2021| 11:25 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...