शुक्रबार, भदौ ५, २०८३

ओली पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्न व्यस्त

एमालेको १०औं महाधिवेशनमा सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली जुटेका छन्। उनी यतिबेला पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पारिरहेका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

सौराहा- एमालेको १०औं महाधिवेशनमा सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली जुटेका छन्। उनी यतिबेला पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पारिरहेका छन्।

अहिले ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालको छुट्टै बैठक बसेको छ। बैठकले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची बनाउने भएको छ। सोही सूचीलाई अध्यक्ष ओलीले बन्दसत्र हलमा सार्वजनिक गर्ने तयारी छ।

शीर्ष नेताको बैठकअघि अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीसँग छुट्टाछुट्टै भेटेका थिए। ओलीले नेताहरूको कुरा मात्र सुनेको तर कुनै प्रतिक्रिया नसोधेको एक नेताले बताए। आज नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन समापन हुने छ।

प्रकाशित: Nov 28, 2021| 11:16 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...