सिन्धुपाल्चोक- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकले १० वटा स्थानीय तहमा सम्मेलन सम्पन्न गरेको छ। जिल्लामा १२ वटा स्थानीय तह मध्ये माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको हो।
चौतारा साँगाचोकगढी नगरपालिका र ईन्द्रवती गाउँपालिकामा ६५ सदस्यीय चयन भएका छन् तर पदाधिकारी भने टुङगो लागेको छैन।
मेलम्ची नगरपालिकामा गोपाल नेपालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन भएको छ। सम्मेलनबाट उपाध्यक्षमा सिपी दुलाल, कूष्णजङ तामाङ र शिवराम दंगाल सचिवमा दिनेश गिरी सहसचिवमा गीता ढकाल कोषाध्यक्षमा सुदर्शन सापकोटा चयन भएका हुन्।
बाह्रबिसे नगरपालिका अधिवेशनले ङिमा शेर्पाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरेको छ। उपाध्यक्षमा नगेन्द्र पौडेल, पातली थामी, सचिवमा विमल राउत ,सहसचिवमा विकेस लामा ,कोषाध्यक्षमा सचिन पाख्रिन चयन भएका छन्।
बलेफि गाउँपालिकामा गंगाबहादुर तामाङ अध्यक्ष, शंकर कार्की ,लेख बहादुर सुवेदी ,दुर्गा नेपाल उपाध्यक्ष ,नारायण पराजुली सचिव र बीरमान तामाङ सहसचिव, राजन पौडेल कोषाध्यक्षमा चयन भएका छन्।
हेलम्बु गाउँपालिकामा पेमा ह्यल्मोको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
पाँचपोखरी थाङपाल गाउँपालिकामा दोर्जे तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएका छन्। सुनकोसी गाँउपालिकामा अमर लामाको अध्यक्षता तथा लिसंखुपाखर गाँउपालिकामा राजु लामाको अध्यक्षतामा नयाँ चयन भएको जिल्ला संयोजक गोविन्द पराजुलीले जानकारी दिए ।
जुगल गाँउपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ। जसमा अध्यक्षमा रेसम स्याङ्बो चयन भएका छन्। सम्मेलनबाट उपाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, ईश्वर गुभाजु, बहादुर गोले, सचिव तुलना घिमिरे सहसचिव जगबहादुर तामाङ, कोषाध्यक्ष चिनलाल श्रेष्ठ लगायत ५० सदस्य चयन भएको माओवादी केन्द्रले जनाएको छ।
तर भोटेकोसी र त्रिपुरासुन्दरी गाँउपालिकामा भने अधिवेशन हुन अझै सकेको छैन। संयोजक पराजुलीका अनुसार त्रिपुरासुन्दरी गाँउपालिकामा १२ गते र भोटेकोसी गाँउपालिकामा भने १५ गते निर्वाचन हुने छ।