शुक्रबार, भदौ ५, २०८३

कास्की कांग्रेस सभापतिमा बराल निर्वाचित

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

पोखरा- नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन्। शनिबार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले वियजी भएका हुन्। उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याए। दोश्रो चरणको मतदानमा शनिबार १ हजार ९ सय २६ मत खसेको थियो।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ। पहिलो चरणमा ५ उम्मेदवार मध्ये कसैले ५० प्रतिशत मत कटाउन सकेनन्। त्यसैले धेरै मत ल्याएका आधारमा २ जना अन्तिम प्रतिश्पर्धामा आएका हुन्।

पहिलो चरणमा पनि बरालले नै सर्बाधिक मत ल्याएका थिए। ‘रिङ आउट’ भएका अन्य ३ जनाले भट्टराईलाई जिताउन विज्ञप्ती जारी गरेपनि त्यो अभियान सफल हुन सकेन। आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम पहिलो चरणबाटै बाहिरिएका थिए।

बराल केन्द्रमा शेरबहादुर देउवा निकट मानिन्छन् भने भट्टराई संस्थापन इतरका हुन्। संस्थापन पक्षको कास्कीमा पहिलो जीत हो। निर्वाचित भएपछि बरालले गुटको पछि नलागी कांग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता जनाए।

‘मलाई विश्वास गरेर विजयी गराउनुभएको छ। म विश्वास टुट्न दिन्नँ,’ उनले भने, ‘कांग्रेस निर्माणको अभियानमा सुदीप जी र म सँगै हुन्छौं। हामी एउटै डुंगामा छौं।’ बराल पोखराको भद्रकाली क्याम्पसको संस्थापक क्याम्पस प्रमुख थिए भने शिक्षक संघको नेतृत्व गरेर पनि काम गरिसकेका छन्।

पार्टीभित्र बौद्धिक नेताको छवी बनाएका बराल कांग्रेसको नवौं र दशौं अधिवेसनमा कास्की क्षेत्र नम्बर २ को सभापतिमा पराजीत भएका थिए। विशेष गरी नेताहरुलाई उद्यमशिल बनाउनुपर्ने र एग्रो टुरिजमलाई अभियानको रुपमा उनले चलाएका छन्।

पराजीत भएका भट्टराईले पनि यो विधान कार्यान्वयन मात्रै भएकोले आफु कांग्रेसको अभियानमा निरन्तर रहेको बताए। ‘यो परिणामले कांग्रेसलाई नयाँ अध्यायको रुपमा परिणत गरेको छ। खस्केको जनमत र साखलाई उचाईमा पुर्‍याउन नयाँ नेतृत्व सफल होस्,’ उनले भने, ‘हामी लोकतन्त्रवादी हौं। विधानले व्यवस्था गरेको बैधानिक बाटोबाट नेतृत्व चयन गर्‍यौं। तथापी कांग्रेसको उचाई प्राप्त गर्न नयाँ टिमलाई शुभकामना ब्यक्त गर्दछु।’ 

पदाधिकारी र सदस्यहरुको मतगणना भने जारी छ। मध्यान्नसम्म सबै मतपरिणाम आईसक्ने कांग्रेस कास्कीले जनाएको छ।

प्रकाशित: Nov 28, 2021| 09:45 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...