शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले महाधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छैन : निर्वाचन प्रमुख

एमाले महाधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छैन : निर्वाचन प्रमुख

नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले महाधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी आफूहरूले नपाएको बताएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

चितवन- नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले महाधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी आफूहरूले नपाएको बताएका छन्। उनले आफूहरूलाई अहिलेसम्म निर्वाचनको प्रक्रिया अघि बढाउन कुनै निर्देशन नदिएको बताए। निर्वाचनको काम अगाडि बढाउन भनेपछि प्रक्रिया सुरु गरिने उनको भनाइ छ।

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको तेस्रो दिन केही बेरमा पुनः बन्दसत्र सुरु हुँदै छ। तर, अहिलेसम्म निर्वाचनका लागि आवश्यक कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओली पाएका छन्। उनले स्रोतका अनुसार अध्यक्षबाहेकका १८ पदाधिकारीको सूची तयार पारेका छन्। 

तर, उक्त सूचीप्रति स्वयं ओली पक्षधर नेताहरूले असन्तुष्टि जनाएका छन्। 

एमालेको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन भएमा मतदान गर्न १२ घण्टा लाग्ने भएको छ। यस्तै मतदान सकिएको चार घण्टामा मत परिणाम सार्वजनिक हुनेछ। आयोगले सबै पदका लागि चुनावको व्यवस्था गरेको जनाएको छ। यसका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन तयारी अवस्थामा राखिएको सुब्बाले बताए। उनले भने, ‘मतदान भएमा ९२ वटा भोटिङ मेसिन प्रयोग गर्नेछौं।’ प्राविधिकहरुले सबै मेसिनमा उम्मेदवारको सूची राख्न २५ देखि ३० घण्टासम्म लाग्ने बताएका छन्। निर्वाचन भएमा रातभर गरेर तयार पार्ने र तयार पारेको २ घण्टाभित्र मतदान सुरु गर्ने योजना आयोगको छ। 

एक जना मतदातालाई भोट हाल्न कम्तीमा आधा घण्टा समय लाग्ने अनुमान छ। एमाले महाधिवेशनमा २३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन्। ९२ वटा भोटिङ मेसिन प्रयोग गर्दा एउटा मेसिनमा २४ जनासम्म प्रतिनिधिले प्रयोग गर्न सक्छन्।

निर्वाचन प्रक्रियाका लागि ३० जनाको टोली खटिएका छन्। सुब्बाले भने, ‘थप जनशक्ति पनि चाहिने भएकाले स्थानीय कानुन व्यवसायीलाई अनुरोध गरेका छौं।’ 


प्रकाशित: Nov 28, 2021| 09:15 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...