शुक्रबार, भदौ ५, २०८३

ओलीले बनाए एमालेका १८ पदाधिकारीको सूची, क–कसको नाम अटायो?

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार पाएसँगै अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको सूची तयार पारेका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार पाएसँगै अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको सूची तयार पारेका छन्। उनले अध्यक्ष आफै रहने अध्यक्षका अर्का प्रत्याशी भीम रावललाई उपाध्यक्ष बनाउने गरी १८ पदाधिकारीको सूची तयार पारेका हुन्। 

तर, उक्त सूचीप्रति स्वयम् ओली पक्षधर नेताहरूले असन्तुष्टि जनाएका छन्। ओली निकटका नेता विष्णु पौडेल र सुवास चन्द्र नेम्वाङ, महेश बस्नेत, गोकुल बाँस्कोटालगायत नेताहरूको असन्तुष्टिकै कारण ओलीले आफूले तयार पारेको सूची सार्वजनिक नगरेको एक नेताले बताएका छन्। 

ती नेताका अनुसार ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, ६ जना उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरेका छन्। ओलीले महासचिवमा शंकर पोखरलेको नाम राखेका छन्। 

तीन उपमहासचिव पदमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीलाई राखिएको छ। त्यस्तै, ७ जना सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, रघुजी पन्त, विष्णु रिमाल, भानुभक्त ढकाललाई राखिएको थियो।

वरिष्ठ उपाध्यक्षका आकांक्षी नेम्वाङले यो सूचीप्रति असन्तुष्टि जनाएका छन्। उनले ईश्वर पोखरलेलाई वरिष्ठ उपाध्यक्ष मान्न नसकिने भन्दै असन्तुष्टि जनाएका हुन्। यद्यपि सबै पदमा सहमति भए आफू बाधक नबन्ने पनि उनले बताएको एक नेताले जानकारी दिए। नेम्वाङको नाम उपाध्यक्षको सूचीमा परेको छ। 

त्यस्तै ओलीले बनाएको पदाधिकारीको सूचीप्रति महासचिवका पदका आकांक्षी विष्णु पौडेलले पनि असन्तुष्टि जनाएका छन्। उनको नाम उपाध्यक्षको सूचीमा परेको छ। पौडेलले आफूले महासचिव पद नै पाउनु पर्ने दाबी गरेका छन्। 

सचिव पदका दाबेदार महेश बस्नेत, गोकुल बाँस्कोटा, शेरधन राई, पद्मा अर्यालले पनि पदाधिकारीको सूचिप्रति असन्तुष्टि जनाएका छन्। आफूहरूको नाम नपरेपछि उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। 

आफू निकट नेताहरूले नै असन्तुष्टि जनाएपछि ओली अप्ठेरोमा परेका छन्। नेताहरूको असन्तुष्टिका कारण सूची सार्वजनिक गर्न नसकेका ओलीले नजिकका केही नेताहरूसँग छलफल गरेर नामहरू थपघट गर्ने तयारी गरेका छन्। आज पदाधिकारीको नाम टुंगो लगाउने एमालेको तयारी छ।

प्रकाशित: Nov 28, 2021| 08:01 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...