शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेल समूहले उम्मेदवार नपाउँदा कांग्रेस सुर्खेतको सभापतिमा पोखरेल सर्वसम्मत

पौडेल समूहले उम्मेदवार नपाउँदा कांग्रेस सुर्खेतको सभापतिमा पोखरेल सर्वसम्मत

नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन समूहका खड्क पोखरेल निर्वाचित भएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

सुर्खेत- नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन समूहका खड्क पोखरेल निर्वाचित भएका छन्। मनोनयन दर्ताको लागि तोकिएको अवधिमा पोखरेलको मात्रै एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन्। संस्थापन इतर समूहले सभापतिका लागि उम्मेदवार नपाउँदा पोखरेलको मात्रै उम्मेदवारी परेको हो।

निर्वाचन कार्यालयले शनिबार साँझ ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। यद्यपि निर्वाचन अधिकृतको कार्यालयले पोखरेललाई सभापतिमा निर्वाचित भएको घोषणा गर्न बाँकी छ। कार्यतालीका अनुसार आइतबार बिहान ७ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। त्यसपछि मात्रै कार्यालयले सर्वसम्मत निर्वाचित भएको घोषणा गर्ने छ।

पौडेल समूहले एक जना पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि जित्न नसकेपछि जिल्ला सभापतिका लागि उम्मेदवार पाउन नसकेको हो। कांग्रेसको विधान अनुसार सभापतिको उम्मेदवार बन्न केन्द्रीय महाधिवेशन प्रतिनिधि जित्नुपर्छ।

सभापति बाहेकका पदमा भने ९५ जनाको उम्मेदवारी परेको छ। जसमध्ये उपसभापतिमा संस्थापन समूहबाट टोपबहादुर रावत र विष्णु खड्का र संस्थापन इतर समूहबाट टेकबहादुर सिंह र शोभा शर्माको उम्मेदवारी परेको छ। 

त्यस्तै सचिव पदमा संस्थापनबाट देवकुमार सुवेदी र बालदीप कँडेल तथा संस्थापन इतर समूहबाट अनन्तप्रसाद पौडेल र जनकबहादुर रावलले उम्मेदवारी दिएका छन्। सहसचिव पदमा संस्थापनबाट हरि विष्ट र प्रकाश डिसी तथा संस्थापन इतर समूहबाट भीमबहादुर शाही र लोकप्रसाद पन्तको उम्मेदवारी परेको छ। सभापति बाहेकका पदमा भने आइतबार निर्वाचन हुने छ। बाँकी पदाधिकारीमा पनि संस्थापन समूहले जित्ने लगभग निश्चित जस्तै छ।

प्रकाशित: Nov 28, 2021| 09:05 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...