शुक्रबार, भदौ ५, २०८३

सिन्धुपाल्चोकका १० पालिकामा माओवादी चयन गर्‍यो नयाँ नेतृत्व

जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

सिन्धुपाल्चोक- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्‍न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ। सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो। जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो।

जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ। दुईवटा पालिका भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अधिवेशन हुन सकेको छैन। त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर १२ गते र भोटेकोसी गाउँपालिकामा भने मंसिर १५ गते हुने भएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका, शुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नरगपालिका र लिसंखुपाखर गाउँपालिकामा आज शनिबार सम्मेलन सम्पन्‍न भएको हो।

प्रकाशित: Nov 27, 2021| 22:15 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...