शुक्रबार, भदौ ५, २०८३

कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिले पायो पूर्णता

१४औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रचारप्रसार समितिले पूर्णता पाएको छ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- १४औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रचारप्रसार समितिले पूर्णता पाएको छ।

पार्टी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित १४औं महाधिवेशन प्रचारप्रसार समितिलाई शनिबार पूर्णता दिइएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यसमितिका सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्यहरू अभिषेक प्रताप शाह, जनकराज कलौनी र दिलीप राई सदस्य रहने गरी प्रचारप्रसार समिति बनेको छ।

यसैगरी सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू, नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरू, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू, काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू सदस्य रहने गरी प्रचारप्रसार समितिलाई पूर्णता दिइएको हो।

प्रकाशित: Nov 27, 2021| 20:15 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...