शुक्रबार, भदौ ५, २०८३

एमाले उपाध्यक्षमा लालबाबु पण्डितको उम्मेदवारी

नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

चितवन- नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।

नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटब्युरो सदस्यसमेत हुन्। 

एमालेको विधानअनुसार महाधिवेशनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ पदाधिकारी निर्वाचित हुनेछन्। अहिलेसम्मको अवस्था हेर्दा अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

उपाध्यक्ष पदमा केही पुराना अनुहारसँगै नयाँ अनुहार पनि आकांक्षी देखिएका छन्। 

उपाध्यक्ष पदमा पूर्व माओवादी नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, दश बुँदे सहमति पक्षधर घनश्याम भुसाल, रघुजी पन्त, प्रदेश १ का एमाले अध्यक्ष देबराज घिमिरे, किरण गुरुङलगायतले आकांक्षा देखाएका छन्।


प्रकाशित: Nov 27, 2021| 19:10 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...