शुक्रबार, भदौ ५, २०८३

बन्द सत्रमा पनि ओलीले दोहोर्‍याए सत्ताबाट बाहिरिनुको पीडा

उनले भने, ‘अलोकतान्त्रिक गठबन्धन र जालझेलका कारण हामी सत्ताबाट प्रतिपक्षमा पुग्यौं। प्रतिक्रियवादी षड्‍यन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं।’
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको बन्द सत्रका क्रममा पनि सत्ताबाट बाहिरिनुको पीडा व्यक्त गरेका छन्।

सौराहस्थित सेभेन स्टार होटलमा शनिबार बन्द सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगेको भन्दै महाधिवेशन प्रतिनिधिसमक्ष पीडा व्यक्त गरेका हुन्। 

उनले भने, ‘अलोकतान्त्रिक गठबन्धन र जालझेलका कारण हामी सत्ताबाट प्रतिपक्षमा पुग्यौं। प्रतिक्रियवादी षड्‍यन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं।’

आफूलाई षड्यन्त्रपूर्वक हटाएकै कारण मुलुकमा अहिले गम्भीर चुनौती खडा भएको बताएका छन्। राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए। शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताए । 

ओलीले गरेको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई उल्ट्याउँदै सर्वोच्च अदालतले गत असार २८ गते उनको कदमलाई असंवैधानिक करार गरेको थियो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

उनले अहिले आफ्नो पार्टी अझै सुदृढ भएको र मुलुकलाई फेरि नेतृत्व प्रदान गर्नसक्ने बताएका छन्। 

यसअघि बन्द सत्रलाई सम्बोधन गर्दै विदेशी पाहुनाहरुले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र कम्युनिस्ट समाप्त पार्ने खेलमा पश्‍चिमा मुलुकहरु लागेको र भारतले नेपाललाई हिन्दु राज्य बनाउन चाहेको बताएका थिए। 



प्रकाशित: Nov 27, 2021| 17:40 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...