शुक्रबार, भदौ ५, २०८३

पश्चिम नवलपरासी सभापतिमा पौडेल प्यानलका पोखरेल विजयी

नेपाली कांग्रेस पश्चिम नवलपरासीको सभापतिमा अर्जुनकुमार पोखरेल विजयी भएका छन्। शनिबार भएको मतदानबाट उनी जिल्ला सभापतिमा चयन भएका हुन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

नवलपरासी- नेपाली कांग्रेस पश्चिम नवलपरासीको सभापतिमा अर्जुनकुमार पोखरेल विजयी भएका छन्। शनिबार भएको मतदानबाट उनी जिल्ला सभापतिमा चयन भएका हुन्। 

अधिवेशनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका उनीले जित हासिल गरेका हुन्। पोखरेलले शेरबहादुर देउवा गुटका सभापति उम्मेदवार मोहनप्रसाद शर्मालाई १९५ मत अन्तरले पछि पारे। विजयी पोखरेलले ७५६ मत ल्याएका थिए। 

जिल्ला उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड विजयी भए हुँदा सचिवमा कुलदीप प्रसाद आचार्य र उमेशचन्द्र यादवले बाजी मारे। दीपक बराल र सन्तबहादुर गाहा उपसचिवमा निर्वाचित भएका थिए। उनीहरू सबै पौडेल प्यानलका उम्मेदवार हुन्। जिल्लामा कुल १३ सय २९ मत खसेको थियो। 

जिल्लबाट छानिएका ५३ महाधिवेशन प्रतिनिधिमध्ये २४ जना देउवा गुटका छन्।

प्रकाशित: Nov 27, 2021| 15:50 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...