शुक्रबार, भदौ ५, २०८३

ओलीको सहमति प्रयासबारे मलाई जानकारी छैन : भीम रावल

दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञासामा रावलले यस्तो बताएका हुन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

चितवन- एमालेकाे १०औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन्। 

दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञासामा रावलले यस्तो बताएका हुन्।

‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन,’ आफ्नो उम्मेदवारी कायम रहेको जानकारी दिँदै उनले भने। 

नेता रावलले महाधिवेशनको बन्द सत्र ढिलाइ भएकोमा आक्रोशसमेत व्यक्त गरे। अध्यक्ष ओलीको कार्यक्रममा ढिलो आउने बानीका कारण समस्या भएको भन्दै उनले समयमै चल्न ओलीलाई सुझावसमेत दिएका छन्। बन्दसत्रका प्रतिनिधिसँग रावलले मत माग्न थालिसकेका छन्।

प्रकाशित: Nov 27, 2021| 15:03 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...