काठमाडौं- नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्। चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन्।
उनले आफ्नो सामाजित सञ्जाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गर्दै भोट माग्न सुरु गरेका हुन्।
उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै आफूलाई मतदान गर्न आग्रह गरेका हुन्।
नेकपा एमालेको १० औं महाधिवेशनमा प्यानल घोषणा नगर्ने सहमति अनुसार हाल प्यानल बनेको छैन। तर, भूसालले भीम रावलको समूहमा रहने गरी वरिष्ठ उपाध्क्षमा उम्मेदवारी घोषणा गरेका हुन्। त्यैगरी ओली समूहमा भने वरिष्ठ उपाध्यक्षका लागि ईश्वर पोखरेल र सुवास नेम्वाङले आफ्नो अडान कायमै राखेपछि ओली सकसमा परेका हुन्।
त्यसैगरी एक पद रहेको महासचिवमा पनि विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन्। शनिबार ओली र भीम रावलले छुट्टाछुट्टै समूह बनाएर आफू निकटका नेताहरुसँग छलफल गरेका थिए।
केही समयअघि एमालेको बन्द सत्र सुरु भएको छ। शनिबार उद्घाटन भएको एमाले महाधिवेशन १२ गते सक्ने गरी तयारी गरिए पनि बन्द सत्र सुरुवात र उम्मेदवारी मनोनयमा गरिएको ढिलाइका कारण लम्बिने सम्भावना बढेको छ।