शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुरु भयो एमालेको बन्द सत्र, 'घुसपैठ' रोक्‍न प्रवेशद्वारमा स्क्यानर

सुरु भयो एमालेको बन्द सत्र, 'घुसपैठ' रोक्‍न प्रवेशद्वारमा स्क्यानर

बिहान ८ बजे नै बन्दसत्र तय गरिएकोमा सहमतिको प्रयासमा नेताहरू लागेकाले निर्धारित समयभन्दा ६ घण्टा ढिला बन्दसत्र सुरू भएको हो।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

चितवन- नेकपा एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा हदलमा बन्द सत्र सुरु भएको हो। 

बिहान ८ बजे नै बन्दसत्र तय गरिएकोमा सहमतिको प्रयासमा नेताहरू लागेकाले निर्धारित समयभन्दा ६ घण्टा ढिला बन्दसत्र सुरू भएको हो। 

अहिले बन्दसत्रस्थलमा मुलद्वारमा परिचयपत्र स्क्यान गरेरमात्र छिर्न दिइएको छ। 

क्यूआर कोर्ड स्क्यानमार्फत प्रतिनिधि र आयोजक यकिन गरी स्वयंसेवकहरूले उनीहरूलाई प्रवेश गराएका छन्। बन्दसत्रमा हुनसक्ने सम्भावित घुसपेठलाई मध्यनजर गरी प्रवेशद्वारमा कडाइ गरिएको बताइएको छ। परिचयपत्रबिनाका कसैलाई पनि भित्र पस्‍न दिइएको छैन।

बन्द सत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन्।

महाधिवेशनको बन्द सत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने भएको छ। बैठकले १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो।

अध्यक्ष ओलीले पार्टीमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरेको भए पनि उनकै समूहका अन्य पदका आकांक्षीहरु बढेपछि विवाद थपिँदै गएको हो। भीम रावलले पनि आफू कुनि पनि हालतमा पछि नहट्न‍े बताएका छन्। 

शुक्रबार सुरु भएको एमाले महाधिवेशनमा शनिबार नै उम्मेदवारी मनोनयनको कार्यक्रम छ।


प्रकाशित: Nov 27, 2021| 14:38 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...