काठमाडौं- कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३३ जिल्लाको अधिवेशनको मत परिणाम सार्वजानिक भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणमा १९ जिल्लाको अधिवेशन भएको हो।
१४ हिमाली जिल्लाको अधिवेशन त्यसअघि नै भइसकेको थियो। ३३ जिल्लाको परिणाम आउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ।
पौडेल समूहले १७ जिल्ला सभापतिमा जीत हात पारेको छ भने देउवा पक्षले १६ जिल्लामा सभापतिमा जीत निकालेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो पटक खोटाङमा विष्णु राई, स्याङ्जामा राजु थापा, पाल्पामा हिमालदत्त श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। यी तीनै जना वरिष्ठ नेता पौडेल समुहका हुन्।
संस्थापन पक्ष अर्थात् देउवानिकट सभापतिहरू
डोटी– नरेन्द्रबहादुर सिंह
डोल्पा– दीपेन्द्रबहादुर शाही
जुम्ला– कर्णबहादुर शाही
जाजरकोट– बेदराज सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
लमजुङ– टकराज गुरुङ
डडेलधुरा– भीमबहादुर साउद
पाँचथर– रुपनारायण जवेगु
सल्यान– केसबहादुर बिष्ट
मनाङ– शंकर गुरुङ
बझाङ– खडक बोहरा
हुम्ला– मोहनविक्रम सिंह
ताप्लेजुङ– गजेन्द्र तुम्याहाङ
रामेछाप– कान्छाराम तामाङ
मुगु– ऐनबहादुर शाही
म्याग्दी– खमबीर गर्बुजा
पौडेल समूहनिकट सभापतिहरू
खोटाङ– विष्णु राई
पाल्पा– हिमालदत्त श्रेष्ठ
स्याङ्जा– राजु थापा
रोल्पा– किशोर आचार्य
रुकुम पश्चिम– प्रेमप्रकाश वली
तेह्रथुम– अर्जुनबहादुर तुम्बाहाङ्फे
भोजपुर– विनोद बान्तावा
प्यूठान– विष्णुकुमार गिरी
अर्घाखाँची– केशव श्रेष्ठ
बैतडी– चतुरबहादुर चन्द
रुकुमपूर्व– केशरमान रोका
मुस्ताङ– रोमी गौचन थकाली
संखुवासभा– दीपक खड्का
गोरखा– नन्दप्रसाद न्यौपाने
दोलखा – बर्मा लामा
कालीकोट – अम्मबहादुर शाही
बाजुरा– रामसिंह रावल