शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिँदै एमाले महाधिवेशन स्थलमा नाराबाजी

सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिँदै एमाले महाधिवेशन स्थलमा नाराबाजी

सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

सौराहा- सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ।

बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ। 

वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ।

नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन्।

प्रकाशित: Nov 27, 2021| 11:45 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...