दार्चुला- सुदूरपश्चिम प्रदेशसभा सांसद नन्दाकुमारी बम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट महिला प्रत्यक्षतर्फ चार सिटका लागि पाँचजनाकाे प्रतिस्पर्धा भएकाेमा बमले ४ सय ९० मत मात्र ल्याएर पराजित भएकी हुन्।
महाधिवेशन प्रतिनिधिमा शैल्यशिखर नगरपालिकाका उपमेयर राजमती पाल र शान्तिदेवी बमले समान ६८७/६८७ मत ल्याएर विजयी भएका छन्। दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले ६ सय ६९ र यसोधा तिंकरीले ५ सय ६७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाले मनोनयन दर्ता गराएका थिए। महाधिवेशन प्रतिनिधिमा २५ जना चयन भएका छन्।