काठमाडौं- नेकपा एमाले नेता विष्णु रिजालले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा बन्दसत्र सुरु हुनुअघि उनले कर्णाली भूगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन्। एमालेको बन्दसत्र र मनोनयन दर्ता आज नै हुँदैछ।
नेता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्। एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्ययको संख्या थप्न गर्न राखेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित भइसकेको छ।
अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ। एमालेले पोलिटब्यूरो ब्यूताएको छ। ९९ सदस्यीय पोलिटब्यूरो हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी यथावत् छ।
पदाधिकारी संख्या बढाएर १९ सदस्यीय पुर्याउने निर्णय भएको छ।