काठमाडौं- यूरोपेली महारथी फ्रान्स जारी २१ औं संस्करणको विश्वकपको मुख्य दाबेदार मानिएको छ। पछिल्लो सन् २०१६ को यूरो कपमा फाइनल खेलेको फ्रान्स यो विश्वकपमा उपाधि उचाल्ने दाउमा हुने छ।
सन् १९९८ मा घरेलु मैदानमा भएको विश्वकप फानलमा विश्व फुटबलको महारथी ब्राजिललाई ३-० ले पराजित गर्दै उपाधि जितेको थियो। हाल सम्म १५ पटक विश्वकपमा सहभागिता जनाइसकेको फ्रान्सले ५ पटक सेमिफनल र २ पटक फाईनल खेलिसकेको छ। सन् १९५८ को विश्वकपको सेमिफानलमा ब्राजिलसँग ५-२ ले पराजित भएको थियो। पछि तेस्रो स्थानको प्ले–अफमा पश्चिम जर्मनी लाई ६–३ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो।
सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा समेत फ्रान्सले सेमी फानलसम्मको यात्रा तय गरेको थियो। फ्रान्स सेमिफाइनलमा पश्चिम जर्मनीसँग पेनाल्टीमा ५-४ गोल अन्तरले पराजित भएको थियो। सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा सेमिफाइनल सम्मको यात्रा गरेको फ्रान्सले बेल्जियमलाई थप समयमा ४-२ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो।
सन् २००६ मा जर्मनीमा भएको विश्वकमा दोस्रो पटक फाइनल पुगेको फ्रान्स इटालीसँग पेनाल्टीमा ५–३ गोल अन्तरले पराजित हुदै उपाधि उचाल्न भने असफल रह्यो।
सन् २०१६ को घरेलु मैदानमा भएको यूरो कपको फानलमा पोर्चुगलसँग १-० ले पराजित भएको फ्रान्समा अधिकांस खेलाडी यूरोपेली क्लब फूटबलका स्टार खेलाडी छन्। सन् १९९८ मा पहिलो विश्वकप उपाधि दिलाएका डिडिअर डेसच्याम्पको प्रशिक्षणमा रहेको फ्रान्स युवा र अनुभवी खेलाडीको मिश्रणले निकै नै राम्रो प्रदर्शन गरिरहेको छ।
यूरोपेली विश्वकप छनोट प्रतियोगिताको समुह ए को १० खेलमा फ्रान्सले ७ खेलमा जित, २ बराबरी र १ खेलमा मात्र पराजित भएको थियो। विश्वकपमा अस्ट्रेलिया, पेरुसँगै डेनमार्क सम्मेलित समुह सी मा रहेको फ्रान्सले समूह चरण सजिलै पार गरेको थियो। शिर्ष १६ मा अेर्जन्टिनालाई ४-३ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेको सामना शुक्रकार साँझ ७:४५ बजे गर्दै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४