शुक्रबार, भदौ ५, २०८३

ललितपुर कांग्रेस सभापतिका लागि मतदान सुरु

नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

ललितपुर- नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए।

दिउँसो साढे २ बजेसम्म मतदानको समयसीमा तोकिएको छ। सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्। मतदान अधिकृत सुरेश घिमिरेका अनुसार उपसभापतिमा कर्म व्यञ्जनकार,खोमप्रसाद घिमिरे, गजेन्द्र महर्जन र सुदर्शन घिमिरेको उम्मेदवारी परेको छ।

सचिवमा अमिर बज्राचार्य,कृष्णभक्त महर्जन,राजनप्रसाद घिमिरे, वशिष्टप्रसाद अधिकारी र विष्णुप्रसाद तिमल्सिना प्रतिस्पर्धामा छन्। सहसचिवमा अमृतबहादुर महर्जन,ऋषिदेव फूयाँल, गणेश केसी र नवीन्द्रदेव सिंहको उमम्देवारी छ।

प्रकाशित: Nov 27, 2021| 09:01 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...